अटो रिक्सा चालकको हत्या आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

भारत बिहार वैशाली ग्रामपञ्चायत घर भई वीरगन्ज-३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँको पुस २१ गते हत्या भएको थियो।

उनको शव नारायणी बयोधा अस्पतालको पछाडिपट्टी नहरमा फेला परेको थियो।हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भारत बिहार पूर्वी चम्पारण मोतिहारी-६ घर भई हाल छप्कैया बस्दै आएका अटो रिक्सा चालक ३० वर्षीय सुनिल कुमारलाई पक्राउ गरेको छ।

यसैगरी, बारा परवानीपुर-५ का २२ वर्षीय निकेश पटेल, बिहार मुंगेर थाना हवेली खठपपुर गाम बैजपुर-३ घर भई छप्कैया बस्दै आएका ५५ वर्षीय सपन मण्डल, बिहार घर भई वीरगञ्ज-२ बस्दै आएका ३५ वर्षीय नाजिर हुसैन र छप्कैयाकै ५० वर्षीय बाबर हुसैन छन्।

प्रहरीले बुधबार बेलुका उनीहरूलाई घरबाटै पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर