बारपाक सुलिकोट गाउँपालिका वडा ६ ताकुकोटका घर–घरमा खानेपानी आउन थालेपछि स्थानीय खुसी भएका छन् ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी डिभिजन कार्यालय गोरखा तथा नेपाल सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालय, खानेपानी तथा ढल निकास विभागको संयुक्त सहयोगमा एक घर एकधारा कार्यक्रम सम्पन्न भएपछि स्थानीयबासी खुशी भएका हुन् ।

आयोजना बनेपछि खानेपानी लिन आधा घण्टा हिडेर जानुपर्ने बाध्यता हटेको स्थानीयबासीका लीलाकुमारी थापाले बताइन् । ‘भान्सा भान्सामा खानेपानीको धारा जोडिएको छ, यो भन्दा खुसी हामी महिलाहरुलाई के हुन सक्छ’ उनले भनिन् । स्थानीय सूर्यज्योती माविमा शनिबार आयोजित एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले आयोजनाको उद्घाटन गरेका हुन् । अध्यक्ष भट्टले आफ्नो गाउँपालिका भित्रका ताकुकोट लगायत केही वडाहरुमा पानीको निकै समस्या रहेको र विस्तारै ती समस्याहरु समाधान हुँदै गएको बताए ।

‘हाम्रो पालिकाभित्रका ताकुकोट, देउराली, पन्दुङ लगायतका स्थानमा खानेपानीको समस्या थियो’, उनले भने, ‘केहीमा आयोजना बनेका छन्, अभैm केही वडामा खानेपानी पु¥याउन बाँकी छ । ती बस्तीमा छिट्टै खानेपानी पु¥याउने कोशिस गरिरहेका छौँ ।’ १२ सय ४७ घरधुरीमा खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भईरहेको उनले बताए ।

हाल भुत्तेखोलाको मुहानबाट ल्याइएको पानी वितरण गरिएको भुत्तेधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव नेत्रप्रसाद निरौलाले जानकारी दिए । भुत्तेखोलाबाट ५० हजार घनलिटर खानेपानी ट्याङ्की बनाएको छ । सोहि ठाउँबाट लिफ्टिङ गरेर माने डाँडामा ५० हजार घनलिटर बराबरकै क्षमताको ट्याङ्की निर्माण गरिएको छ । हाल खानेपानी ट्याङ्कीबाट घरघरमा पानी वितरण भइरहेको उनले बताए । उनले भने, ‘यहाँका स्थानीयहरुलाई पानीको अत्यन्तै समस्या भएपछि भुत्तेखोलाको मुहानबाट खानेपानी ल्याउन २०७० सालमा खानेपानी डिभिजन कार्यालयले सर्भे गरेको थियो ।

सोहीअनुरुप २०७२ भदौमा सम्झौता गरी काम सुरु भएको थियो । अहिले पनि निरन्तर काम भइरहेको छ । हाल उक्त आयोजनाबाट भञ्ज्याङ गाउँका ५८, पाल्खुका सात र बहाकोटका नौ घरधुरीले खानेपानी उपभोग गर्दै आइरहेका छन् । त्यस्तै, गाउँपालिका भवन, पालिका नजिकै रहेको प्रहरी चौकी, सूर्यज्योती मावि र छात्रावासले पनि सोहि खानेपानी उपभोग गर्दे आइरहेको सचिव निरौलाले जानकारी दिए ।

हाल बढी भएको पानीले तरकारी तथा करेसाबारीमा लगाउन सजिलो भएको उनले बताए । हिउँदमा पनि निरन्तर पानी आइराखेकाले धेरै सहज भएको उनले बताए ।

भुत्तेधारा खानेपानी आयोजना निर्माणका लागि हालसम्म दुई करोड ११ लाख ८ हजार चार सय ४७ रुपैया खर्च भएको समितिका कोषाध्यक्ष विष्णुमाया श्रेष्ठले जानकारी दिइ्न् । उक्त खानेपानीको पाईप, टूान्सफर्मर खरिद गर्नका लागि आर्थिक वर्ष २०७५÷०७६ मा तीन लाख ९४ हजार र आर्थिक वर्ष ०७६÷०७७ मा प्रदेश सरकारबाट मुहान मर्मत घेराबारका लागि चार लाख नौ हजार रुपैया खर्च भएको उनले बताइन् । त्यस्तै, आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश सरकारबाट एकघर एकधारा जडानका लागि दश लाख १८ हजार एकसय रुपैयाँ र आर्थिक बर्ष २०७७÷०७८ मा खानेपानी डिभिजनबाट हँुडीखोला खानेपानी योजनाका लागि तीनलाख ६५ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७÷०७८ मा मुहान मर्मतका लागि ६४ हजार ६८ रुपैयाँ खर्च भएको बताइएको छ ।

त्यस्तै, प्रतिधारा पानीको महशुल एक ६ युनिटसम्म रु २५० रुपैयाँ तोकिएको छ । ७ देखि १० सम्म तीन सय, ११ देखि १५ सम्म तीन सय ७५ रुपैयाँ र १६ देखि २० युनिटसम्म चार सय ६५ रुपैयाँ महशुल तोकिएको उनले जानकारी दिइन् ।

आगामी एक वर्ष भित्र पालिकाका सबै क्षेत्रमा खानेपानी पु¥याईसक्ने लक्ष्यका साथ काम भइरहेको पालिका अध्यक्ष भट्टले जानकारी दिए ।
‘विगतमा हामीेले सुरु गरेका कतिपय योजना पूरा भइसक्यो, कतिपय योजनाहरु सम्पन्न हुन बाँकी छन्’, उनले भने, ‘तीमध्य भुत्तेखोला खानेपानी आयोजना पनि एक हो ।’ सो खानेपानी आयोजनाबाट स्थानीयहरुले विगत तीनवर्षदेखि खानेपानी उपभोग गर्दै आइरहेको बताएको छ । अभैm केही काम बाँकी रहेको बताउदै छिट्टै सम्पन्न गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर