गोरखाको आरुघाट गाउँपालिकाले चालु वर्ष २०७८/०७९ का योजना आउँदो माघ १५ भित्र सम्झौता गरिसक्ने तयारी गरेको छ । सबै वडा कार्यालयलाई पत्राचार गर्दै पालिकाले चालु वर्ष संचालन हुने वार्षिक बिकासका योजना सम्झौता गर्न भनेको हो ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले पत्राचार गर्दै तोकिएको समयभित्र सम्झौता नभएका योजनाउपर थप प्रक्रिया अघि बढाउन नसकिने बताएका छन् । केही योजना सम्झौता भएको र कतिपय भने हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।

यसैबीच अहिले चलिरहेका योजना तथा कार्यक्रमको भुक्तानी फागुन मसान्तभित्र लिईसक्न पनि पालिकाले वडा मार्फत उपभोक्ता समितिलाई निर्देशन गरेको छ ।

यसवर्ष स्थानीय तहको चुनावले चालु वर्षको अन्त्यतिर योजना कार्यन्वयनमा समस्या हुन सक्ने भएकाले पालिकाले तत्काल काम गर्न वडामार्फत उपभोक्ता समितिलाई निर्देशन गरेको जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर