आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको ७ वर्षपछि प्रहरीले पक्राउ गर्न सफला भएको छ ।

सिकन्दरले आफ्नै श्रीमती २१ वर्षीया किसलावती चमारलाई लिएर कपिलवस्तु कृष्णनगर नगरपालिका ६ श्रीनगरस्थित ससुराली आएको अवस्थामा २०७१ फागुन ३० गते राति श्रीनगरस्थित खेतमा लगेर हत्या गरेका थिए । उनले श्रीमतीको हत्या पछि शवमा आगो समेत लगाई विगत ७ बर्ष देखी फरार भएका थिए ।

हत्या आरोपी सिकन्दर नेपाल आउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले कपिलवस्तु यशोधरा गाउँपालिका ६ रंगपुरमा पक्राउ गरेको कपिलबस्तु प्रहरीले जनाएको छ ।

उनी उपर कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर