गोरखामा विभिन्न स्थानिय तहमा साता दिन यता कोरोना संक्रमणको दर उच्च देखिन थालेको छ । कोरोना संक्रमित शून्य रहेको जिल्लामा एकाएक संक्रमण दर उच्च भए संगै साता दिनमा २८ जना संक्रमित देखिएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार शुक्रबार ९ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ६ जनामा संक्रमण देखिए संगै गोरखामा सक्रिय संक्रमितको संख्या २८ पुगेको हो ।

आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा २ जना महिला र ३ जना पुरुषको एन्टिजेन परिक्षणका क्रममा २ जना महिला र १ जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै गरी, पालुङटार नगरपालिकामा १ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणमा संक्रमण देखिएको छ भने आरुघाट गाउँपालिकामा २ जना महिला र १ जना पुरुषमा गरिएको परिक्षणमा १–१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ । यो संगै गोरखामा सक्रिय संक्रमितको संख्या २८ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आजै ५ जना महिला र १५ जना पुरुषको पीसीआरका लागी स्वाब संकलन गरिएको पनि कार्यालयले जानकारी दिएको छ ।

कुन पालिकामा कति ?

गोरखा नगरपालिका १४ जना
पालुङटार नगरपालिका ७ जना
भीमसेन थापा गाउँपालिका १ जना
सिरानचोक गाउँपालिका १ जना
आरुघाट गाउँपालिका ५ जना

प्रतिक्रिया

सम्बन्धित खवर