सोती–माछाखोला रुटमा जीप व्यवसायीको ठगीले सास्ती खेपिरहेका स्थानीय यात्रुलाई राहत दिन धार्चे गाउँपालिकाले बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । धार्चे गाउँपालिकाको बुधबार सम्पन्न हिउदेसभाले सोतीदेखि गाउँपालिका केन्द्र माछाखोलासम्म बस सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त सडकखण्डमा नेपाली सेनाले बस सेवा संचालन गर्न नदिएका कारण स्थानीयबासी महङ्गो भाडा तिरेर जीपमा आवतजावत गर्ने गरेका थिए । ‘सोतीदेखि माछाखोलासम्म मिनिबस सेवा संचालनका लागि दरौँदी यातायात प्रालिका व्यवसायीहरुसँग हामीले छलफल गरिसकेको छौ । उहाँहरु तयार हुनुहुन्छ । बस सेवा संचालन गर्नका लागि गाउँसभाबाट पारित भएको निर्णय हामी नेपाली सेनालाई पनि पठाउदैछौँ’, उनले भने ।

सोतीदेखि माछाखोलासम्म जीपमा चार सय भाडा लिने गरेको र बस सेवा संचालन भएपछि दुईसय रुपैयाँ तिरेर यात्रा गर्न सकिने बताए । मिनिबस सेवा संचालन भएपछि भाडा कम पर्ने, स्थानीयबासीले समयमै यातायात सेवा पाउने गुरुङको भनाइ छ ।

धार्चेमा बालबिबाह न्यूनीकरणका लागि रणनीतिक योजना तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको अध्यक्ष गुरुङले बताए ।

पालिकाभित्रका खनेको विभिन्न शाखा रोडहरुमा जिल्ला ट्राफिक कार्यालय गोरखाको समन्वय गरी आवश्यक ट्राफिक साइन बोर्ड राख्ने र धार्चेलाई चिनाउन आर्टिस्टहरुको आर्ट वर्कसप संचालन गर्ने र पालिकास्तरीय रंगशाला निर्माण गर्ने वैठकले निर्णय गरेको छ ।

गाउँपालिकाको वडा ४ स्थित म्यासुङ तुङलुङ चेतको सार्वजनिक जग्गामा गण्डकी प्रदेश सरकारले हाई अल्टिचुड स्पोर्ट टे«निङ सेन्टर निर्माण गर्ने र न्याउली झरना पर्यटकीय स्थललाई थप आकर्षणको केन्द्र बनाउनका लागि स्ल्याप र रेन्बो लाइट फिटिङ गर्नका लागि आवश्यक बजेट पर्यटन मन्त्रालयसँग माग गर्ने निर्णय भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको सहमति अनुसार स्थानीय टिभी च्यानल संचालन गर्ने प्रस्तावन पेश भएको पनि उनले बताए । त्यस्तै गाउँपालिकाको हिउँदे सभाले प्रदेश र राष्ट्रिय योजना आयोगमा पेश गर्ने समपुरकतर्पmका योजनाहरु छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।

चाल आर्थिक वर्षको हालसम्म गाउँपालिकाले चालुतर्पm ७५ प्रतिशत र पूँजीगत तर्पm ४५ प्रतिशत गरी कुल ६१ प्रतिशत खर्च गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर