काठमाडौं, १ माघ । सरकारले भोलि आइतबारदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

पुस २८ गते स्वास्थ्य मन्त्रालयले माघको पहिलो हप्तादेखि बुस्टर डोज खोज दिने मन्त्रीस्तरीय निर्णय गरेको थियो । सोही नर्णयबमोजिक भोलिदेखि खोप लगाउन शुरू गरिने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै बुस्टर डोज खोप लगाउन निर्देशन दिएको छ ।

भोलिदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघको १४ गतेदेखि ६० वर्षमाथि र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर मात्राको खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुस्टर मात्रामा पहिले लगाएकै खोप दिइने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर