पोखरा – राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको च्याम्पियन बनेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपिएफले आर्मीलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । एकपक्षीय खेलमा एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा हराउन सफल भयो ।

यससँगै एपिएफले लिग चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । एपिएफले लिग चरणमा ३–१ को सेटमा पराजित भएको थियो । एपिएफले फाइनलमा आर्मीलाई कुनैपनि समय खुलेर खेल्नै दिएन ।

उपाधिसँगै एपिएफले ३ लाख रुपैया हात पारेको छ । दोस्रो भएको आर्मीले १ लाख ५० हजार रुपैयाँ हात पारेको छ । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्सले ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार रुपैया हात पारेको छ ।

News Source: हाम्रो खेलकुद

प्रतिक्रिया

सम्बन्धित खवर