सुकुमार निर्देशित फिल्म ‘पुष्पाः द राइज’ ओटीटी अमेजन प्राइममा रिलिज भएको छ l हिन्दी भर्सन अमेजनमा रिलिज गरीको हो l हिन्दी बाहेक अन्य भाषामा भने यो चलचित्र एक साताअघि नै प्राइम भिडियोमा रिलिज भइसकेको छ ।

लाइफ टाइम साउथका स्टाइलिस स्टार अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्ममा मुख्य भूमिका रहेको छ l फिल्म तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा निर्माण भएको हो l ‘पुष्पा’ले हिन्दी भर्सनमा मात्रै हालसम्म ८० करोड भारुभन्दा बढीको कमाइ गरिसकेको छ । दुई भागमा निर्माण भएको फिल्मले आन्ध्र प्रदेशमा हुने रक्त चन्दन तस्करीको कथा भन्छ । यो फिल्मको दोस्रो पार्ट अर्को वर्ष रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर