नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ।

भैंसेपाटीस्थित मेडिसीटि अस्पतालको आइसीयुमा उपचाररत सीतालाई निमोनिया पनि देखिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट लामो समयदेखि पीडित सीता दाहाल तीन दिनदेखि अस्पतालमा रहेको खुमलटार स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर