नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेर ९२ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ । बिहीवारको तुलनामा आज यसमा पनि प्रतितोला २०० रूपैयाँ घटेको हो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रूपैयाँले घटेर १ हजार २५५ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुन प्रतिऔँस १ हजार ८०६ डलर आसपास कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर