राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले लैङ्गिक समता र समानताका लागि समाजका सबै वर्ग तथा समुदायको समान सहभागिता र योगदान आवश्यक हुने बताएका छन् ।

११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् ।

‘लैङ्गिक समता र समानताका लागि समाजका सबै वर्ग तथा समुदायको समान सहभागिता र योगदान आवश्यक हुन्छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘महिला र पुरुषको समान तथा सारभूत सहभागिताविना समाजको समतामूलक विकास सम्भव हुँदैन । लैङ्गिक समानता र विकासका लागि आर्थिक, सामाजिक, राजनीतिक तथा संस्थागत सशक्तीकरण गर्दै सबै प्रकारका विभेद, शोषण र हिंसाजन्य कार्यको अन्त्य गर्नु आजको आवश्यकता हो ।’

‘विगतमा भएका आन्दोलन र संघर्षबाट वर्तमान संविधानमा महिला अधिकारका विषयलाई समेट्न सम्भव भएको हो,’ उनको सन्देशमा अगाडि भनिएको छ, ‘राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने संवैधानिक व्यवस्था छ । महिलाको सशक्तीकरण र विकासका लागि लैंगिक भेदभाव बिना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य, शिक्षा, स्वास्थ्य, hoसमानुपातिक र लैङ्गिक हिसाबले पनि नेपालको संविधान विश्वषका उत्कृष्ट संविधानमध्ये एक मानिन्छ ।’

अझै पनि हिंसाजन्य क्रियाकलाप, विभेद र शोषणजस्ता कार्यहरू विद्यमान रहेकोले विगतका संघर्षबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै समतामूलक र समावेशी नेपाली समाज निर्माणको लागि संवैधानिक तथा कानूनी प्रावधानलाई व्यवहारमा कार्यान्वयनका लागि सबै तहबाट थप तदारूकताका साथ लाग्नु जरूरी देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर