कालिका सांस्कृतिक कलाकेन्द्रका नृत्य निर्देशक बिक्रम तामाङले गोरखामा रिसोर्ट सञ्चालन गरेका छन् । कलाकार तामाङ र उनका दाजु कार्सङले संयुक्त रुपमा गोरखा दरबार नजिकै ‘ग्रिन फरेस्ट रिसोर्ट’ सञ्चालन गरेका हुन् ।

तामाङ दाजुभाइले करिब छ रोपनी जग्गा भाडामा लिएर ५० लाख भन्दाबढि लगानी गरी रेष्टुरेन्ट सुरु गरेका हुन् । रिसोर्ट गोरखा बसपार्कबाट करिब तीन किलोमिटर माथि रहेको छ । सडक भएर जाँदा दरवार नजिकै भीमसेनपार्क जाने चोकमा यो रेष्टुरेन्ट छ ।

भीमसेनपार्क गोरखाको आन्तरिक पर्यटकका लागि नयाँ गन्तब्य हो । गोरखा नगरपालिकाले पार्कको रुपमा बिकास गरेको नयाँ गन्तब्य हो । भीमसेन पार्क जाने पर्यटक, गोरखा दरबार जाने भक्तजन र बिदाको दिन परिवारका सदस्य सँग घुम्न चाहनेहरुका लागि ‘ग्रिन फरेष्ट रिसोर्ट लक्षित छ । संचालक बिक्रम तामाङ ग्रिन फरेस्ट रिसोर्टको मुख्य तीनवटा टार्गेट रहेको बताउँछन् ।

सबैभन्दा पहिलो यो पारिवारिक रिसोर्ट बन्नेछ । उनले त्यहाँ बाल उद्यानका सामग्री बनाउँदैछन् । बालबालिकालाई खेल्ने बाल उद्यानका सामग्री केही दिनमा तयार हुन्छ । जसका कारण गोरखा बजारबाट केही पर परिवारसहित घुम्ने जानेहरुलाई बालवालिका भुल्ने ठाउँ होस् । दोस्रो त्यहाँ ‘इभेन्ट’ गर्ने ।

No description available.
नयाँवर्ष, होली, माघेसक्रान्ति जस्ता पर्वका समयमा बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना उनको छ । बिक्रम आफैँ पनि नृत्य निर्देशक हुन् । उनले गोरखामा केही वर्ष यता कालिका सांस्कृतिक कला केन्द्र संचालन गर्दै आएका छन् । त्यहाँ रहेका कलाकारलाई उनले गोरखामा आयोजित बिभिन्न कार्यक्रममा सहभागी गराउँछन् ।

उनीसित अहिले पनि २८ जनाले नृत्य सिक्छन् ।
कलाकेन्द्रबाट उनले बिभिन्न होटलमा आयोजित कार्यक्रममा आफ्ना कलाकार लैजान्छन् । होटल, रेष्ट्ररेन्टमा जाँदाजाँदै उनी पनि यो पेसाप्रति प्रेरित भए । अब उनले ती कलाकारलाई आफ्नो रेष्टुरेन्टमा आयोजित बिभिन्न इभेन्टमा पनि सहभागी गराउने योजना बनाएका छन् । ‘इभेन्टका बेला गोरखाको पहिचान झल्कने गरी सांस्कृतिक कार्यक्रम गर्ने योजना छ’ उनले भने ।तेस्रो, मूख्य आकर्षण ‘टूीहाउस’ हो । उनले त्यहाँ रुखमा डाईनिङ बनाउँदैछन् । त्यहाँ बसेर सित्तल हावासँगै गोरखाको दरौँदी नदी पारिका ठाउँहरु देख्न सकिन्छ । मौसम खुलेको बेला त्यहाँबाट हिमाल पनि देखिन्छ । एकान्त र दरवार छेउमा भएकाले कोलाहालबाट मुक्त हुन चाहनेका लागि पनि त्यो ठाउँ निकै उपयोगी बन्न सक्छ ।

No description available.
No description available.
गर्मी सिजन सुरु भएसँगै उनको ब्यापार बढ्न थालेको बताउँछन् । ‘गोरखा बजारबाट त्यहाँ पुग्नेहरुले निकै शितलता महशुस गर्ने गर्छन’ उनी भन्छन् । रिर्सोटमा अहिले तीनवटा रुम छन् । पाँचवटा थप्ने तयारी उनले गरेका छन् । आकर्षक बार र रेष्टुरेन्ट छ । खरले छाएको ‘अम्ब्रेला’ कटेज तीनवटा छ । त्यसले पनि रिसोर्टको आकर्षण थपेको छ ।

स्वीङ, ट्रीहाउस, बालउद्यानका सामग्रीलाई उनले प्राथमिकतामा राखेका छन् । ‘खान आउने मात्र होईन, यहाँ भुल्ने, टहलिने ठाउँ पनि ग्राहकका लागि हुनुपर्छ भन्ने योजनाले सुरु गरेको हुँ’ उनले भने । उनको रिसोर्टबाट गाउँबस्ती नजिकै छ । लोकल कुखुरा ढिंडो का पारखिलाई उनले स्थानीय उत्पादन खुवाउन सक्ने बताउँछन् । छोईला, सेकुवा, पिज्जा बर्गर र अन्य खाजाका सबै परिकार उनकोमा उपलब्ध छ ।

नृत्यका अलावा अरु केही पेशा ब्यवशाय गर्ने योजनामा रहेका उनलाई ‘लकडाउन’ का बेला रेष्टुरेन्ट गर्ने योजना आयो । कोभिड केही कम भएपछि उनले रिसोर्ट सुरु गरे । ‘ब्यापार भए अनुसार यसको बिस्तार पनि गर्दै लैजाने योजनामा छु’ उनले भने । रिसोर्टमा जानेहरुको फोटो खिच्ने, फेसबुक फेजमा राखिदिने पनि गर्छन ।

त्यहाँ अहिले लगानीकर्ता सहित ८ जनाले रोजगारीपनि पाएका छन् । के काम गर्ने होला भनेर भौँतारिरहेका युवाहरुको जमातलाई तामाङ दाजुभाई एउटा उदाहरण हुन् । उनीहरुले आफूजस्तै अन्य ६ जनालाई रोजगारी दिईरहेका छन् । ‘राम्रो सर्भिस दिने र गोरखाको पहिचान बनाउने गरी रिसोर्ट चलाउने योजना भएर सुरु गरेको हुँ’ उनले भने ।

होली विषेश कार्यक्रम
ग्रिन फरेस्ट रिसोर्ट’ गोरखा दरवारमा चैत ३ गते होली विषेश कार्यक्रम तय भएको छ । दुईसय रुपैयाँ टिकटमा एउटा बियर फ्रि दिएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको संचालक बिक्रम तामाङले बताए ।

‘होलीको दिन हुने कार्यक्रममा गोर्खाली ब्याण्ड मल्टिट्यालेन्ट ग्रुपको विषेश प्रस्तुति, कालीका संस्कृतिक कलाकेन्द्र र स्थानीय कलाकारको प्रस्तुति पनि हुनेछ । दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुने तामाङले बताए । पाँचसय जना सहभागी हुने अपेक्षा उनको छ । होलीमा साथीभाई भेट हुने एउटा माहौल बनाउन कार्यक्रम आयोजना गरिएको उनले बताए ।

‘रिसोर्टभित्रै कार्यक्रम गर्ने ठाउँ छ, यहाँ भएपछि खानेकुरा खाँदै होलीमा रमाउन, साथीभाई भेट्न सहज हुन्छ’ उनले भने । बाह्य पर्यटकलाई पनि इभेन्टले प्रभाव पार्न सकिने उनी बताउँछन् । त्यसका लागि गोरखाका पहिचालन झल्कने कौरा, घाँटु, पाउँदुरे, झ्याउरे गीतहरु इभेन्ट अनुसार दिँदै जाने योजना रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर