गोरखा सदरमुकाममा रहेको शक्ति उच्च माध्यमिक विपद्यालयको ६९ औ वार्षिक उत्सव तथा अभिभावक भेला बिभिन्न कार्यत्रम गरी मनाएको छ । गोरखा जिल्लाकै सबै भन्दा जेठो विद्यालय शक्ति उच्च माविले शुक्रबार वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयका तीन जना शिक्षकलाई सम्मान गरिएको छ । राजेन्द्रप्रसाद अधिकारी, राजुकुमार श्रेष्ठ र जीवन श्रेष्ठलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक बन्द्री अर्यालले जानकारी दिए । साथै विद्यालयको २०७७/७८ आयव्याय समेत प्रस्तुत गरिएको उनले बताए । कार्यक्रममा सदनात्मक अनुसार खेलकदु तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथयतामा भएको कार्यक्रममा नगर उपप्रमुख विना कुमारी श्रेष्ठ, शक्ति अल्मुनाईका उपाध्यक्ष पुरुषोत्तम अर्याल, विद्यालयका पूर्व प्रधानाध्यापक तथा पूर्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामचन्द्र आचार्य, विध्यावासिनी माविका प्रधानाध्यापक उदयबहादुर भट्ट, विद्यालय शिक्षक, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर