काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन् । अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली सम्म पनि पुगेका थिए ।

मार्च १८ अर्थात नेपाली चैत्र ४ गते देखि सर्वत्र बजारमा आउन लागेको उनको उक्त फिल्मको बारेमा उनले नेपालीहरुलाई पनि एउटा भिडियो मार्फत जानकारी गराएका छन ।

यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन् । फिल्ममा अक्षयको चरित्र आकर्षणको चरित्र भएकाले पनि निर्माताले प्रचारको नयाँ शैलीलाई अपनाएका हुन् ।

‘बच्चन पाण्डे’ फिल्मको नेपाल भर वितरक संस्थाका रुपमा एबि ईन्टरनेशनल कम्पनी रहेको छ । एबि इन्टरनेशनल कम्पनीले विगतका दिनमा थुप्रै चलचित्र निर्माण सङै वितरकको भुमिकामा पनि आफुलाई स्थापित गरेको छ ।

“ लगभग लगभग हामिले नेपालका सबै हलहरुमा ‘बच्चन पाण्डे’ चलचित्र वितरण गरिसकेका छौ । अब हामी अन्तिम चरणमा छौ , अब चैत्र ४ गते प्रदर्शनको प्रखाईमा छौ , आशा छ सबै दर्शकले हो फिल्म मन पराईदिनुहुन्छ ´´ एबि इन्टरनेशनलका सिइओ अजित कुमार केसिले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर