कैलालीको गोदावरी नगरपालिका–१ स्थित बनखेती बस्ने नविन साहुको घरबाट मंसिर दोस्रो साता सुन चोरी भयो । आफ्नो परिवार काठमाडौं गएको मौकामा सुन चोरिएको भन्दै नवीनले मंसिर १५ मा इलाका प्रहरी कार्यालयमा उजुरी दिए ।

प्रहरीले अनुसन्धान गरिरहेको थियो । चैत ७ मा नवीनको घर अगाडी ‘कुकर बम’ भेटियो । सैनिकको बम डिस्पोजल टिम घटनास्थलमा पुग्यो । कुकरमा तार जोडेको नदेखेपछि सेनाले सामान्य तरिकाले कुकरको ढकन मात्रै खोल्नेगरी डिस्पोज गरेको थियो ।

डिस्पोज गर्दा कुकरमा विष्फोटक पदार्थ राखेको देखिएन । कुकरभित्र ४ तोला साढे ४ आना सुन भेटियो । सुनसँगै चोरले धम्कीपूर्ण भाषामा लेखेर छाडेको कागज पनि फेला परेको इलाका प्रहरी कार्यालय जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर