काठमाडौं । बलिउडका चर्चित जोडी अभिनेत्री आलिया भट्ट र रणवीर कपूर चाँडैनै वैवाहिक बन्धनमा बाँधिने भएका छन् । मिडिया रिपोर्टका अनुसार आलिया र रणवीरले अर्को महिना अर्थात् अप्रिलमा आफ्नो लामो समयको सम्बन्धलाई सात जन्मको बन्धनमा बाँध्ने निर्णय गरेका छन् ।

यस्तो समाचार सार्वजनिक भइरहँदा सोसल मिडियामा एउटा तस्विर सार्वजनिक भएको छ, जसले पनि यसको पुष्टि गरिरहेको छ ।

आलियाले लिइन् साडी

अभिनेता रणवीर र आलियाले आफ्नो विवाहको किनमेल सुरु गरिसकेका छन् । रणवीर कपुर र आलिया भट्टका साडी फेसन ब्रान्ड र डिजाइनरसँगको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त डिजाइनर विशेष गरी ब्राइडल साडीका लागि चर्चित छ । जसको कारण पनि फ्यानहरूले आलिया–रणवीरले आफ्नो विवाहको किनमेल गर्न थालेको अनुमान गर्न थालेका छन् ।

ब्राइडल कांचीपुरम सारी ब्रान्डकी सीईओ बिना कन्ननले उक्त तस्वीर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । सार्वजनिक तस्वीरमा उनीसँगै रणवीर र आलिया पनि उभिएका छन् । तस्वीरमा आलिया भट्ट सेतो कुर्तामा र रणवीर कपुर नीलो शर्ट र जिन्समा देखिएका छन् ।

सामाजिक सञ्जालमा उक्त तस्वीर देखिसकेपछि आलिया र रणवीरका फ्यानले कमेन्ट बक्समा विवाहको शुभकामना सन्देश दिन थालेका छन । एक फ्यानले लेखेका छन्, ‘यो विवाहको घण्टी हो ।’ त्यस्तै अर्का एक फ्यानले पनि लेखेका छन्, ‘विवाह किनमेल ।’ यसैबीच सबैले यो जोडीलाई परफेक्ट जोडी भन्दै छिट्टै विवाहको सु–समाचार सुनाउन माग पनि गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर