आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश १ का केही ठाउँमा बेलुकीपख पानी पर्ने अनुमान छ । यी क्षेत्रमा बेलुकीपख हल्का वर्षासँगै मेघगर्जन र चट्याङ्गसमेत पर्ने सम्भावना छ ।

प्रि–मनसुनको समयमा पानी पर्नु र मेघगर्जनसहित चट्याङ्ग पर्नुमा स्थानीय वायुको भूमिका धेरै हुन्छ । प्रि–मनसुनमा कुनै एक ठाउँमा पानी पर्ने र सँगै जोडिएको अर्को ठाउँमा पानी नपर्ने हुन्छ ।

अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायु दुवैको प्रभाव परेको छ । यसकै कारण वाग्मती, गण्डकी, मधेस प्रदेशका पूर्वी क्षेत्र र प्रदेश–१ का केही ठाउँमा बेलुकीपख हल्का पानी पर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर