मुख्य पृष्ठ
समाचार
सोच
कला
बजार
खेलकुद
प्रवास
रोचक
स्वास्थ्य
मल्टिमिडिया
पाँच प्रश्न
English

भियतनाममा बालबालिकालाई खोप लगाउन शुरू, बेलायतमा भाल्नेभाको खोप अनुमोदन
facebook sharing buttonSharetwitter sharing buttonmessenger sharing buttonemail sharing button
दैनिक नेपाल२०७९ वैशाख २ गते ८:५०

काठमाडौं, २ वैशाख । भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान सुरु भएको हो । पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सो खोप अष्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ ।

बिहीबार झण्डै १५० विद्यालयका बालबालिकाहरूलाई खोप लगाइएको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूको सङ्ख्या झण्डै एक लाख ८१ हजार रहेको अनुमान गरिएको छ । यसअघि विरामी, अशक्त र ज्येष्ठ नागरिकहरूलाई उच्च प्राथमिकता दिएर खोप अभियान चलाइएको थियो ।

बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन

यसैबीच बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको हो ।

भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले आवश्यक सुरक्षा, गुणस्तर र प्रभावकारिता मापदण्डहरू पूरा गरेको पाइएपछि स्वीकृति दिइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर