२०७४ को स्थानीय निर्वाचनमा ९४ वडामध्ये गोरखाका १३ वटा वडा २ देखि ३० मतान्तरले हारजित भए । वडा अध्यक्ष पदमा सबैभन्दा कम मतान्तरले हारजित भएको वडा सिरानचोक ६ हो । कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित नारायण दानीले ४६८ मत प्राप्त गरे भने एमालेबाट उम्मेदवार बनेको भिमसेन श्रेष्ठले ४६६ मत पाए । एमालेबाट अध्यक्षका उम्मेदवार बनेका श्रेष्ठ अहिले नेपाली कांग्रेसमा आवद्ध छन् ।

धार्चे गाउँपालिमा ५ मा कांग्रेसबाट वडा अध्यक्ष बनेका तुलबहादुर गुरुङले २०७४ को चुनावमा ३५२ मत पाए । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनकुमार गुरुङले ३४८ मत ल्याए । ४ मतान्तरले हारजित भयो ।

६ मतान्तरले हारजित भएको वडा गोरखा नगरपालिका १० हो । नेकपा एमालेबाट वडा अध्यक्ष बनेका देवीबहादुर बस्नेतले ३७३ मत पाए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदिप कुँवरले ३६७ मत ल्याए ।
बारपाक सुलिकोट गाउँपालिका १ मा ९ मतान्तरले वडामा हारजित भयो । माओवादी केन्द्रबाट वडा अध्यक्ष बनेका रोसन बिकले २२२ मत ल्याए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलबहादुर घलेले २१३ मत पाए ।

बारपाक सुलिकोट ५ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष बनेका गोपालबहादुर गुरुङले ३११ मत ल्याए भने प्रतिद्वन्द्वी बिरबहादुर थापा क्षेत्रीयले ३०० मत पाए । २०७४ को चुनावमा यो वडामा ११ मतान्तर मात्रै रह्यो ।
पालुङटार नगरपालिका ९ मा १३ मतान्तरले वडामा हारजित भयो । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा बिजयी भेजराज पाण्डेले ६६१ मत पाए भने माओवादी केन्द्रका चक्रबहादुर लामाले ६४८ मत पाए ।

चुमनुब्री गाउँपालिका ७ मा १६ मतान्तर रह्यो । वडा अध्यक्ष कांग्रेसका पासाङ फुन्जो लामाले १८९ मत ल्याए भने माओवादी केन्द्रका ल्हाक्पा लामाले १७६ मत पाए ।

धार्चे गाउँपालिका ३ मा नयाँ शक्तिबाट बिजयी इन्द्रप्रसाद गुरुङले २३७ मत पाए भने प्रतिद्वन्द्वी एमालेका सेरबहादुर गुरुङले २२० मत ल्याए । १७ मतान्तरमा हारजित भयो । इन्द्रप्रसाद अहिले माओवादी केन्द्रमा आवद्ध छन् ।
धार्चे गाउँपालिका ७ मा वडा अध्यक्ष कांग्रेसका सुर्यमान गुरुङले ३२७ मत पाए भने माओवादी केन्द्रका राकेश गुरुङले ३०७ मत पाए । २० मतान्तरमा वडा अध्यक्षको नतिजा कायम रह्यो ।

पालुङटार नगरपालिका १० मा २६ वडा अध्यक्षमा २६ मतान्तर रह्यो । माओवादी केन्द्रबाट वडा अध्यक्ष बनेका रिखीराज धौरालीले ३७४ मत पाए भने प्रतिद्वन्द्वी कांग्रेसका अमर धितालले ३४८ मत पाए ।
पालुङटार २ मा वडा अध्यक्षमा २८ मतान्तर रह्यो । माओवादी केन्द्रबाट अध्यक्षमा बिजयी लोकनाथ वाग्लेले ६६७ मत पाए भने नयाँ

शक्तिका कृष्णप्रसाद मरहट्टाले ६३९ मत ल्याए ।
चुमनुब्री गाउँपालिका ३ मा माओवादीबाट वडा अध्यक्षमा बिजयी रामकुमार गुरुङले ३३७ मत पाए भने कांग्रेसका सुर्य गुरुङले ३०९ मत पाए । दुई जना बिच २८ मतान्तर रहेको थियो ।

गण्डकी गाउँपालिका ५ मा नेपाली कांग्रेसका जसबहादुर सिंह थापाले ६३३ मत पाएर वडा अध्यक्षमा बिजयी बने । उनका प्रतिद्वन्द्वी कृष्णप्रसाद मरहट्टाले ६३९ मत पाए । यहाँ ३० मतान्तरमा नतिजा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर