आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले नेपाल अधिराज्यनै ताती रहेको समयमा गोरखा धार्चे गाउपालिका पनि एक हो  । स्थानीयतहको निर्वाचनमा धेरै जसो स्थानहरुमा गठबन्धको बिषयले बिबाददित बनेका छन् भने सोहि कारणले गोरखा धार्चे गाउपालिका पनि बिबाददितमा परेको छ । गोरखा धार्चे गाउपालिकाका स्थानिय यूवा लगाएत यूवा नेता सागर गुरुङ्गले जिल्ला पार्टी प्रति बिरोध गरेका छन्  । यूवा नेता सागर गुरुङ्गले भनेका छन् हिजोका दिनहरुमा मावोबादीहरु सँग लडेर हिडेको र तेही मावोबादीले हामीलाई मार्न र मर्न तयार बनाएको इतिहास अझै पनि ताजा छ भने सोहि पार्टी संग हाम्रा जिल्ला पार्टीहरु गठबन्ध गरेर चुनाबको मैदानमा उत्रिदै छ । तर हामी स्थानीय यूवाहरु कुनै हालतमा सहमत छैन भन्दै आक्रोश पोखेका छन  । बिगत १४/१५ बर्ष देखी नेपाली कांग्रेशका सदस्य भई विभिन्न स्तरका कार्यहरु गर्दै आएको र मेरो पार्टी भित्र पनि ठुलो योगदान रहेको छ भन्दै यूवा नेता सागर गुरुङ्गले हामी सँग जिल्ला पार्टी भित्र बाट गद्दारी भएको जस्तो लाग्छ र मलाइ यही कुरा चित्त बुझेको छैन भन्दै दुख व्यक्त गरेका छन ।                                                                                                हिजोको दिनमा संसदीय चुनाबमा मावोबादी संग हातमा हतियार लिएर लडेको र मर्न र मार्न तयार भएको इतिहास ताजै छ तर आज तेही पार्टी मावोबादी संग गठबन्ध गरेर चुनाब लड्न लागेको छ त्यो पनि मावोबादीलाई प्रमुख स्थानमा राखेर यदी यस्तो हो भने हामी नेपाली काग्रेस पार्टी त्यागेर म लगाएत स्थानीय दुई सय देखी तिन सय युवाहरु पार्टी त्यागेर स्वतान्र पार्टी बाट धार्चे गाउपालिकामै प्रमुख दाबी समेत गर्ने चेतावनी दिएका छन्  ।   यदी हामी जस्तो यूवा नेपाली काग्रेसलाइ खाचो छ भने पहिलो कुरो हाम्रो गाउपालिका धार्चेमा गठबन्ध हुनु भएन चुनाबी मैदानमा खुल्ला लड्नु पर्छ भोलिको दिनमा जसले जिते पनि हामीलाई कुनै गुनासो हुदैन । तेहाका जनताले जसलाई भोट दिएर जिताउछ तेस्मा हामी खुशी हुन्छौ भनेर समेत जानकारी दिनु भएको छ यूवा नेता सागर गुरुङ्गले  ।No description available.

गठबन्ध गरेर चुनाब लड्नु भनेको पार्टीले आफ्नो खुट्टामा आफै बन्चरो हान्नु जस्तो हो । हिजोका दिनमा हाम्रो गाउपालिकमा नेपाली काग्रेसले बहुमत बिजय भएको स्थानको कुनै मूल्य हुदैन किनकी जिल्ला कार्य समीति ,प्रदेश समीति ,क्षेत्रीय कमिटी ,गाउपालिका कमिटी र वडामा बनाएका संगठन सबै असफल भएको महसुस हुन्छ  । सागर गुरुङ्ग अगाडी भन्नु हुन्छ मैले लड्न पाउनु पर्छ भन्ने कुरा होइन तर नेपलली काग्रेस प्रमुख स्थानमा हुनु पर्छ र प्रमुख स्थानमा नेपाली काग्रेसलाईनै दिनु पर्छ भन्दै बोलेका छन् र प्रतेक वडाका सभापतिहरुले समेत यो गठबन्धलाई असन्तुस्टि जनाएका छन ।No description available.

यदि गठबन्धनले गर्दा धार्चेमा प्रमुख पदमा मावोबादिलाईनै दिए भने स्वतन्त्रतामा उमेदवार दावि गर्ने निर्नय लिएको जानकारी गर्दै यूवा नेता सागर गुरुङ्ग  अहिले धार्चे गाउ पालिका /तथा खेल कुद अध्यक्ष पनि स्वम आफै भएको खुलाशा गरेका छन्  ।

अहिले पनि मलाई नेपाली काग्रेस पार्टी केन्द्र बाट प्रचार प्रसार समितिमा मनोनय गरेका छन् तर पार्टीको यस्तै जाल झेल हो भने म सबै कुरा त्याग्न तयार छु  ।No description available.

बिगतमा गोर्खाको क्षेत्र न ३ तरुणदलको उपसभापति रहेका सागर गुरुङ्ग र अहिले जिल्ला कार्य समिति निर्बाचित पदमा रहेका छन  भने धार्चे गाउपालिकाको बिकाश र तेहाका जनतालाई परेको पिडा समस्यालाई हामीले राम्रो संग नजिक बाट बुझेको छौ भन्दै हिजोको दिनमा तेही स्थानमा नेपाली काग्रेसले बहुमतले बिजय भाको स्थानमा नेपाली काग्रेसलाइ मावोबादीलाई कसरी भोट हाल्ने भन्दै हाम्रो सबै भन्दा ठुलो सत्रु र हामीलेनै हिजोको दिनमा मार्न तयार भएको सत्रुलाई कसरी भोट हालेर जिताउने भन्दै आक्रोश ब्यक्त गरे सागर गुरुङ ।No description available.

पार्टी बाट म धेरै दुखी छु र यो गठबन्धले गर्दा मेरो लगाएत स्थानीय यूवाहरु पनि रुष्ट छन् भने रगत तातेको छ । किनकी हामीलाई थाहा छ हाम्रो गाउपालिकाका जनता समूहहरुको चाहाना के छ र दुख पिडा कस्तो छ र त्यो विभिन्न समस्य कसरी पूर्ति गर्नु पर्छ र हामीले गरेको पनि छौ त्यो समयमा हामी कुनै पनि परिवार ब्यतिलाई यो पार्टी त्यो पार्टी भन्दैनौ रहामी सबैलाई सहयोग गर्छौ भन्दै सागर गुरुङले बिगतका दिहरुमा आगो लागी भएको परिवार देखि दुर्घटनामा परेको परिवारलाई तथा  बासिन्दाहरुलाई सहयोग गरेको अझै पनि  ताजा छ  भनेर समेत हामीलाई जानकारी दिएका छन्   ।

: यूवा नेता सागर गुरुङ्ग

प्रतिक्रिया

सम्बन्धित खवर