मन्टेश्वरी एसोसिएसन नेपालले आज वैशाख २३ गते नेपाल अन्तर पूर्व प्राथमिक विद्यालय खेल (निप्स)– २०२२ पहिलो दिन व्यापक रुपमा उद्घाटन गर्यो ।

‘खेल शान्तिका लागिः खेल सबैका लागि’ भन्ने नारासहित सन् २०१८ मा यस संस्थाले पहिलोपटक उपत्यकाव्यापी मन्टेश्वरी तथा प्रिस्कुलस्तरीस्य खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।

कार्यक्रम सभापतित्वो मन्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष सुष्मा सुब्बा लामाले गर्नु भयको थियो। तेस्तै गरि, प्रमुख अतिथिमा चतुरानन्दराज बैध, अतिथिहरुमा बज्र बहादुर केसी, तुलसी कुमार महर्जन , सरोज कुमार पोखरेल , धन साही , रविन योञ्जन , त्रिलोचन शर्मा , लगायत एसोसिएसनका पधादिकारी हरुको उपस्थिति रहेको थियो।

हाल बिधालयमा खेलाईने खालका प्राय खेल गतिविधिलाई बृहत बनाउने प्रयासस्वरुप अन्तर्राष्ट्रिय समन्वयमा प्रतियोगिता आयोजना गरिएको थियो।
यस वर्षदेखि देशभित्र मात्र सीमित नभएर ताफिसामार्फत् अन्तर्राष्ट्रियस्तरमै प्रचारप्रसार होस् र यस कार्यक्रमले विश्व खेल जगत्मै एउटा नयाँ आयामको थालनी होस् भन्ने हेतुले नेपाल क्वानमुकान डो एसोसिएसनमार्फत् धेरै प्रयास र अनुरोधमा ताफिसाको सहमति (प्याट्रोनेज) हासिल गरी निप्सको आयोजना गरिएको अध्यक्ष सुष्मा सुब्बा लामा बताउनु भयो।

आज खेल काठमाडौँ लगायत पूर्व मेचीदेखि पश्चिम धनगढीलगायत देशका जम्मा १५ ठाउँमा सो खेलकुद कार्यक्रमको आयोजना गरिएको महा सचिव दिपा थापाले जानकारी गराउनु भयो । खेलमा १५० भन्दा बढी मन्टेश्वरी प्रिस्कुलका नानी हरु सहभागी थिए। बालबालिकालाई विभिन्न बालसुलभ खेलहरुमा सहभागी गराइएको थियो।

यस कार्यक्रमा सबै सहभागी बाल बालबालिकाहरु लाई मनोविज्ञान मध्यनजर गर्दै टिसर्ट, मेडल र प्रमाणपत्र सहमेत प्रदान गरिदै पहिलो दिन अर्थात् वैशाख २३ गते चारदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खेल खेलाइयो भने भोलि २४ गतेका दिन पाँचदेखि ६ वर्ष उमेर समूहकाले प्रतिस्पर्धा गर्नेछन् ।
भोलिको कार्यक्रमहरु

बालबालिकाहरुले एक मिटरदेखि ५० मिटरसम्मको दौडमा विभिन्न गतिविधिहरु गर्नेछन् । चारदेखि पाँचवर्ष उमेर समूहका बालबालिकाका लागि ५० मिटरमा खुला दौड, २५ मिटरमा बेलुन फुटाइ दौडने, १५ मिटरमा एकपल्टमा बढीमा दुईवटा बल जम्मा गर्ने, अर्को १५ मिटरमा हातमा ल्याएको पानी बोतलमा भर्ने, २५ मिटर दौडदै धागोमा झुण्ड्याइएको चकलेट मुखमा लिएर फर्कने, १५ मिटरको दौडमा प्लेटमा एउटा अण्डा राखेर दौडदै फर्कने, एक मिटरको दौडमा बाल्टीको पानीमा दशवटा बल हाल्ने जस्ता खेलहरुको आयोजना गरिनेछ ।

त्यस्तै पाँचदेखि छवर्ष उमेर समूहका लागि ७५ मिटर खुला दौड, ५० मिटर बोरा दौड, आफ्नो ट्राकमा फुटबललाई गुडाउँदै १०० मिटर पु¥याउने, टाउकोमा एकैखाले प्लेट राखेर २५ मिटर हिड्ने, १५ मिटरबाट प्लेटमा एउटा अण्डा राखेर ल्याउने, दुई मिटरको दुरीबाट बाल्टीमा १० वटा बल हाल्ने, २० मिटर दौडेर सियोमा धागो हाली पुरानै ठाउँमा फर्कने, १०० मिटर खेलाडीहरुलाई चार भागमा बाँडेर रिले दौडने जस्ता खेल खेलाउने तयारी गरिएको छ ।

उक्त कार्यक्रमको भोली ११ बाझे बाट सुरु भई ठिक ३ बझे राष्ट्रिय टेबुलटेनिस हाल लैनचौरमा समापन गरिदैने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर