स्थानीय चुनाब नजिकिँदो क्रममा छ। सबै उम्मेदारी आफ्नो गाउँ-ठाउंमा चुनाब प्रचार गर्नमा ब्यस्त छन्। त्यसै मध्येका एक हुन् नीलकण्ठ-११ का जसपाबाट उम्मेदारी दिएका २८ बर्षीय अशिम कुमार लम्साल। चुनाब प्रचारको क्रममा गाउँ मा एक घटना घट्यो।

घाँस काट्न जाने क्रममा माने परियार भीरबाट लडे। त्यसपछि गाउँले बासि मिलर धादिंग अस्पताल पुर्याए। त्यहाँ उपचारको लागि तुरुन्त काठमाडौँ पुर्याएर अपेरसन गर्नु पर्ने भन्यो। गाडीबाट ढिला हुनु भएकाले अशिम लम्सालले आफ्नै खर्चमा हेलिकप्टरबाट काठमाडौँको ग्रांडी अस्पताल पुर्याई अपरेसन गर्न सहयोग गरे। मानेको आर्थिक अवस्था निकै कमजोर रहेको हुनाले अशिम लम्सालको सहयोगले बाँच्न सफल भए। चुनाबी घर दैलोको क्रममा भीरबाट लडेको खबर सुन्नासाथ अशिम लम्साल घटनास्थलमा पुगेर सहयोग गर्न जुटेको थिए।

अशिम लम्साल आफै नेपालको पहिलो सफल कलेजो प्रत्यारोपण गर्ने तथा पहिलो बी सेल लिम्फोमा क्यान्सरबात सफल उपचार भएका व्यक्ति हुन्। मृत्युको मुखबाट बाँचेका उनि सधै अरुको सेवा गर्न तत्पर रहने व्यक्ति हुन्। पेशाले एक सफल पर्यटन उद्धेमी उनले चुनाबमा जितेमा वडा अध्यक्षले पाउने कुनै पनि तलब तथा सुबिधा नलिने प्रतिबद्धता समेत उल्लेख गरेका छन्। नबिन सोच भएका व्यक्तिबाट पक्कै पनि ठुलो आश गर्न सकिन्छ। यसपालिको चुनाबमा आफ्नो भोट खेर नफालौं, युवालाई एक अवसर दिऔँ।

प्रतिक्रिया

सम्बन्धित खवर