काठमाडौँ। निर्वाचन नजिकिएसंगै बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा चुनावी सरगर्मी निकै बढेको छ। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अहिले राजनीतिक दलका उम्मेदवारहरु घर दैलो कार्यक्रममा रहेका छन।

बूढानीलकण्ठ नगरपालिका वडा नं २ मा नेपाली काँग्रेसका तर्फ बाट वडा अध्यक्ष उम्मेदवार जनक थापा र उनको टिमले प्रथम चरणको घरदैलो कार्यक्रममा सम्पन्न गरेको छ।
बूढानीलकण्ठ नगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवार विनोद चालिसे र रमिला वाग्ले (खड्का) सहित वडा नं २ लाई भेगीय हिसाबले प्रतिनिधित्व गर्ने वडा अध्यक्ष उम्मेदवार जनक थापा, वडा सदस्यहरु राज काजी श्रेष्ठ, विनोद लामिछाने, पार्वती श्रेष्ठ, र सिता सुनार सहितको टिमलाई प्रथम चरणको घरदैलो कार्यक्रममा स्थानीय वडावासीले न्यानो स्वागत सहित टिका लगाएर शुभकामना दिएका छन।

शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा, वातावरण सहित १३ बुंदे प्रतिवद्दता बोकेर वडाको मुहार फेर्न प्रतिवद्द टिमको जीत सुनिश्चित गराउन चुनाव प्रचार समितीको संयोजन नेपाली कांग्रेस वागमती प्रदेश समितिका केन्द्रीय सदस्य एवम् संसदीय मामिला तथा कानुन विभाग प्रमुख सानु श्रेष्ठले गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर