उदाहरणबाट सुरु गरौं , नुर गाँउालिका वडा नं ५ को स्थानिय चुनावमा वडा अध्यक्षको लागि तिन जना प्रत्यासी छन् । कर्म,कारक र कर्ता । नतिजा कर्मको पोल्टोमा आयो किनकि उसले कुल खसेको मतको ४० प्रतिशत मत प्रात्त गर्न सफल भयो । बाकिँ दुईले ६० प्रतिशत मत प्रात्त गरे । यसरि कर्म वैधानिक तबरबाट अल्पमत प्रात्त गरेता पनि पाचँ वर्षको लागि बहुमतलाई शासन गर्ने अधिकार सम्पन्न भए । यो उदाहरणमा के मिलेन ? हाम्रो लोकतन्त्र त बहुमतले अल्पमतलाई शासन गर्ने होईन र ?

पक्कै ४० प्रतिशतले ६० प्रतिशतलाई शासन गर्ने कुरा लोकतन्त्रको मर्म विपरितको कुरा हो । तर माथि उल्लेखित उदाहरण कुनै काल्पनिक सम्भावना मात्र नभएर हाम्रो प्रत्येक नगरपालिका र गाउँपालिकाको नियति हो । हाम्रो निर्वाचन प्रणालि आखिर किन अल्पमतलाई बहुमत विरुद्द चुनिरहेछ ?

आउनुस् प्रश्न यतै छोड्दै पहिले, निवार्चनलाई सजिलो गरि व्याख्या गरौं । आफ्नो प्रतिनिधि चुन्ने प्रक्रियानै निवार्चन हो । लोकतान्त्रिक प्रणालीलाई स्वरुप प्रदान गर्नका लागि प्रतिनिधित्व प्रणालिको आवश्यक पर्दछ । जनताको प्रतिनिधित्वको रुपमा काम गर्न, निश्चित व्यक्तिमा अख्तियारि प्रधान गर्ने प्रक्रियानै निवार्चन हो ।

प्रतिनिधि चुन्ने विभिन्न तरिकाहरु विभिन्न देशले आफ्नो माटो सुहाउदो लोकतान्त्रिक प्रणालि अनुरुप अपनाउदै आएका छन् । मुख्यतया बहुमत प्रणालि, समानुपातिक प्रणालि र मिश्रित प्रणालिहरु प्रतिनिधि छान्न अपनाउने गरिन्छ । हाम्रो देशले बहुमत र समानुपातिक दुबै प्रणालि आत्मसाथ गरेको अवस्थामा पनि किन बहुमत जुटाएर जनप्रतिनिधि चुनिदैनन् भनेर हामीले खोतल्यौ भने बहुमत प्रणालि अन्तगर्त अपनाउदै आएको पहिलो हुने निर्वाचित हुने प्रणालिमा समस्या देखिन्छ ।

उन्नत लोकतन्त्र लिगलिग कोटको दौड हुनुहुदैन । जो अर्को भन्दा एक सेकेन्ड छिटो आयो त्यहि अर्को दौड सम्म राजा बन्यौं र शासन संचालन गयौं । यहाँ त हरेकको मर्म चाहाना अनुरुप बढी भन्दा बढीको ईच्छा बमोजिम राज्य संचालन हुनुपर्दछ। तर पहिलो हुने निर्वाचित हुने प्रणालिले धेरै मतको मर्म बोक्ने भन्दा पनि कुनै एकले प्राप्त गरेको धेरै मतको आधारमा शासन व्यवस्था संचालन गर्न वैधानिकता प्रधान गरिरहेको छ ।

नेपालको संविधानको प्रस्थानविन्दु नेपालि जनतालाई सार्वभौमसत्ता सुम्पेर भएको छ । र त्यो सार्वभौम अधिकार प्रयोग गर्ने ठोस विधिनै निर्वाचन हो । व्यवहारिक रुपमा आम जनताले शासन व्यवस्था संचालन गर्न सम्भव नभएरनै चुनाव मार्फत प्रतिनिधि छान्ने व्यवस्था गरिएको हो । अब सबैको साझा र मान्ने प्रतिनिधि छान्न सकेको भए अझ उन्नत व्यवस्था हुने थियो होला । तर राम, बुद्द वा माक्र्स त सबैको साझा नहुने समाजमा आम नागरिक सर्वमान्नै हुने कुरै भएन । तथापि धेरै भन्दा धेरैले रोजेको प्रतिनिधिले शासन व्यवस्था संचालन गर्न पाउनुनै उन्नत लोकतन्त्रको सिद्दान्त हो । तर हामिले अपनाएको निर्वाचन प्रणालिले यो बाटो अपनाएको हामी पाउन सक्दैनौ।

समाधान के त ?

निर्वाच प्रणालिमा अपनाउदै आइएको सापेक्षित बहुमत प्रणालि अर्थात पहिलो हुनेले जित्ने प्रणालिको विकल्पको रुपमा निरपेक्ष बहुमत प्रणालि वा एकमुष्ट मत प्रणालिलाई प्रयोग गर्न सकिन्छ । निरपेक्ष बहुमत प्रणालिमा ५० प्रतिशत प्लस एक मत ल्याउनै पर्ने व्यवस्था गरिएको हुनाले बहुमतको कदर सापेक्षित रुपमा सहि ढङगबाट हुन सक्दछ । कम मत ल्याउने उम्मेद्वार पहिलो चरणबाटै बाहिरिने र दोस्रो चरणमा धेरै ल्याउने दुई व्यक्ति मात्र उम्मेद्वार बन्न सक्ने नियमले गर्दा प्रस्ट बहुमतको सम्भावना यो प्रणालिमा रहन्छ ।

त्यस्तै एकमुष्ट मत प्रणलिमा निर्वाचन क्षेत्रमा उम्मेद्वार बनेका सबै उम्मेद्वारलाई मत दिईन्छ । मत दिंदा पहिलो विकल्प र दोस्रो विकल्प गरि आफ्नो रोजाईलाई क्रमबद्द रुपमा उल्लेख गरिन्छ । यसरि यो प्रणालि अनुरुप पनि मत खेर जादैन भने बहुमत प्राप्त गर्न पनि सहज हुन जान्छ ।

अन्त्यमा,
निर्वाचनको सैद्दान्तिक अवधारणा म्याग्नाकार्टा देखि सुरुभएको अनुमान बाटनै यसको चर्चाको आयातन मापन गर्न सकिन्छ । यो छोट्टो टिप्पढीमा मात्र निर्वाचन प्रणालि माथि विमर्श गर्न पनि सकिने आशय प्रस्तुत गरिएको मात्र हो । बाकिँ त अहिलेकै निर्वाचन प्रणालिलाई पनि बढी प्रभावकारि बनाउन निर्वाचन शिक्षा , निर्वाचन कानुनको पालना र स्वच्छ र स्वतन्त्र निर्वाचन प्रणालीलाई कर्तव्य सम्झेर सबैले आत्मासाथ गरेको खण्डमा सबैको प्रतिनिधित्व सहि तरिकाबाट हुने थियो कि ?

प्रतिक्रिया

सम्बन्धित खवर