वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन लगतै बूढानीलकण्ठ नगरपालिकाको उत्तरीक्षेत्रमा स्थानीय जात्रा पनि सुरु हुँदैछ । वडा नं. १, २, ३, ४, ५, ६, ७, र १३ मा हरेक वर्ष चण्डी पूर्णिमाको अघिल्लो दिनदेखि ४/५ दिन सम्म स्थानीय देवीदेवताहरुको रथजात्रा गर्ने परम्परा छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. २मा अवस्थित पञ्चकन्या माईको रथजात्रा पनि सोही अवधिमा धुमधामले गर्ने गरिन्छ । विकासका नाममा सस्तो लोकप्रियता लागि बनाएको सेल्फी पूलले रथ आवत जावत नै अवरोध गरेको छ। रथ लाने ल्याउने कार्यका लागि कष्टकर रुपमा खोलाबाट जानुपर्ने बाध्यता भएको स्थानीय जात्रा सञ्चालक गुठीयारहरु गुनासो छ ।

पुलका कारणल सोही स्थानबाट बूं. न.पा- २ वासिक टोलका वासिन्दा मृत्यु भएमा दाह संस्कारका लागि शव लिएर मलामी जाने बाटो समेत बन्द भएकोले खोलाबाट कष्टकर रुपमा जानु पर्ने अवस्था भएकोमा मरन गुठीका गुठीयारहरु पनि रुष्ट छन् ।

विकास गर्दा सस्तो लोकप्रियतालाई नभई सम्बन्धित पक्षसँग समन्वय गर्नु पर्नेमा राती हुने रथजात्रा, राती मलामी जान पर्ने अवस्था जस्ता सामान्य कुराको पनि विचार गरेनन् , खाली आफ्नो कार्यकर्तालाई काम जिम्मा लगाउन तत्पर रहेको जनगुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर