गोरखा – गोरखाको पालुङटारमा चितुवाको आक्रमणबाट परि १ जना प्रहरी सहित ३ जना घाईते भएका छन् । मंगलबार साँझ चितुवाले आक्रमण गर्दा प्रहरी सहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

साँझ पख मकैबारीमा काम गरि रहेका पालुङटार नगरपालिका ४ रानीटार घर भएका ४४ बर्षका केशरबहादुर नेपाली र सोही ठाउँका १६ बर्षका अभिषेक भण्डारीलाई घाईते बनाएको थियो । उक्त खबर पाएको प्रहरीले घटना स्थल तर्फ जादै गर्दा प्रहरी सहायक निरिक्षक सुनिल रायमाझीलाई समेत चितुवाले आक्रमण गर्दा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

मानिसलाई आक्रमण गर्ने चितुवाको खोजी कार्य भई रहेको छ । घाईते सबैको चितुवाले ढाड, तिग्रा, पाखुरा र नारीमा चिथोरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नाउव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछाने जानकारी दिए ।

घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर