गोरखाको भिमसेन थापा गाउँपालिकामा सोमबार सार्वजनिक विदा दिएको छ ।

भिमसेन थापाको जन्मजयन्तीको उपलक्ष्यमा सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको असार २९ गते बसेको वैठकले साउन ९ गते राष्ट्रिय विभूति भिमसेन थापाको जन्मजयन्तीको उपलक्ष्यका पालिका भरी सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सो दिन गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, संघ संस्थाहरुमा सार्वजनिक विदा दिने गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत यान बहादुर नेपालीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर