अमित भट्ट/साउन ९ काठमाडौ : मिस ग्रान्ड नेपाल २०२२ को उपाधीको लागि १६ जना प्रतिस्पर्धी भिडने भएका छन । नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले ३५ जना प्रतिस्पर्धी मध्यबाट हाल १६ जना प्रतिश्पर्धी राखेको हो ।

आर.के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउन आफ्ना प्रतिस्पर्धीहरु तयार पार्दै आएको छ । आर के ले मिस ग्राण्ड नेपाल २०२२ , मिस औरा ईन्टरनेशनल २०२२ , मिस ग्लोवल ईन्टरनेशनल नेपाल २०२२ , फेस अफ बिउटी ईन्टरनेशनल २०२२ , मिस ल्यान्ड स्केप ईन्टरनेशनल नेपाल २०२२ मा प्रत्येक वर्ष ५ जना सुन्दरीहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिसपर्धा गराउदै आएको छ ।

राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको अडिसनमा सयौ सुन्दरीहरुको सहभागिता मध्य अहिले १६ जना मात्रै अग्र स्थानमा पुगेका छन ।

उक्त प्रतिस्पर्धामा प्रतियोगिहरु डिना कटुवाल धनकुटादेखी , लक्ष्मि धमला ओखलढुंगादेखि , प्रतिभा अधिकारी मोरङदेखी , पुजा सिङ महेन्द्रनगरदेखि , सुचित्रा धामी चौतारादेखि , माया कडेल नेपालगन्जदेखि , नतासा धामी कैलालीदेखि , सुजिता डल्लाकोटी धादिङदेखी , विना बिक ओखलढुंगादेखी , शिषम लाखाजु भक्तपुरदेखि , दिपा कार्की सिन्धुपाल्चोकदेखि , सुस्मा दाहाल धादिङदेखि , श्रीया बस्नेत ओखलढुंगादेखि , सिम्रन शाही , दिपा श्री नगरकोटी रोजिका सिटौला झापाबाट रहेका छन ।

मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर के इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिदै आएको दर्शकहरुले बताएका छन ।

छनोटमा परेका १६ जनाकै अहिले ट्रेनिङ सेसन भैरहेको छ र अब छिटै भोटिङ राउन्ड संचालन गरि भदौ महिनाको पहिलो हप्तामा नै फिनाले सम्पन्न गर्ने पक्षमा आयोजक टिम रहेको छ ।

हाल सबै प्रतियोगीहरु ट्रेनिङ सेसनमा नै व्यस्त देखिन्छन ।

कोरियोग्राफर रोजिन शाक्य लगायतको स्वदेशी तथा विदेशी १० जनाको टोलिले प्रतिश्पर्धिहरुलाई दैनिक ग्रुमिङ गराउदै आएका छन ।
मिस ग्रान्ड नेपाल २०२२ का बिजेताले नगदको साथै गुणउइल एम्बेसडर , गोल्डेन थाङ्का र नेपाली चलचित्रमा नायिका समेत हुने अवसर पाउने छन् ।

त्यस्तै पाँचै बिजताले भने इन्टरनेशनल प्रतियोगिता २०२२ मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर