नेकपा एमाले गोरखाको नयाँ कार्यकालको नेतृत्व फेरि पनि प्रेम गुरुङले सम्हालेका छन् । शनिबार सम्पन्न सातौ जिल्ला अधिवेशनबाट अध्यक्षमा गुरुङलाई सर्वसम्मत चयन गरिएको हो ।

उनी यसअघि पनि नेकपा एमाले गोरखाका अध्यक्ष नै थिए ।

अधिवेशनले उपाध्यक्ष पदमा कृष्ण नेपालीलाई सर्वसम्मत चयन गरेको छ । नेपाली यसअघिको कार्यकालमा सचिव पदमा थिए ।
अध्यक्षमा गुरुङ, नेपालीसहित अर्का नेता सुरेन्द्र थापासमेत आकांक्षी थिए ।

अधिवेशनबाट सचिवमा काजीराम रोका सर्वसम्मत चयन भएका छन् ।

Source: Daraudi.com

प्रतिक्रिया

सम्बन्धित खवर