काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख रुपैयाँसहित पक्राउ परेकी छिन् ।शनिबार विराटनगरबाट काठमाडौं आउँदै गरेको विमानमा अवैध रकम राखिएको भन्ने सूचनाका आधारमा विमानस्थल प्रहरीले एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई रकमसहित पक्राउ गरिएको हो ।

नेपाल प्रहरीका अनुसार एयरलाइन्सको काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत पोखरेललाई रकमसहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।

सौर्यका विराटनगर स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच नगरी झोला राखेको भन्ने सूचनाका आधारमा प्रहरीले जाँच गरेको थियो । जाँच गर्दा रातो मेलब्यागभित्र चाउचाउको कार्टुनमा ५० लाख रुपैयाँ फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर