गोरखा – प्रधानमन्त्री शेरबहादुर देउवा अत्यावश्यक बाहेकका सवै भेटघाट बन्द गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोराना संक्रमण पुष्टी भएपछि प्रधानमन्त्री देउवा समेत कन्ट्याक्ट ट्रेसिङमा परेका कारण अत्यावश्यकीय काम बाहेकका अन्य काम हुने सबै प्रकारको भेटघाट बन्द गरेका हुन् ।

प्रधानमन्त्री देउवामा संक्रमणको कुनै पनि लक्षण नदेखिए पनि उच्च सर्तकता अपनाउँदै अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

उता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर