हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उक्त प्रणालीले हाल देशका अधिकांश भु–भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।

प्रदेश १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। यस्तै पश्चिमी तथा मध्य तराईका जिल्लामा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

महाशाखाका अनुसार आज ९आइतबार० दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

२०७८ पुस २६ गते –सोमबार

दिउँसो स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानहरूमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती स् सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पुस २७ गते –मंगलबार

दिउँसो स् देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ।

प्रतिक्रिया

सम्बन्धित खवर