काठमाण्डौं । कोरोना संक्रमणको रोकथामबारे छलफल गर्न आज उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति सीसीएमसीले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरुको बैठक बस्न लागेको हो ।

काठमाण्डौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नु अघि आजै तीन जिल्लाको डीसीसीएमसीको बैठक पनि बस्ने र स्वास्थ्य मन्त्रालयसँग समेत छलफल हुने बताईएको छ ।

स्वास्थ्य मन्त्रालयले पनि आईतबार नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ । त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर ३ वटै जिल्लाका सीडीओहरुले स्मार्ट लकडाउन कार्यविधि अनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् ।

बैठकले एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने विश्वत स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर