गोरखा – गोरखामा पनि अबदेखि २५ जना भन्दाबढि भेला हुन नपाईने भएको छ । कोरोना भाईरसको तेस्रो भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पूर्व तयारीका लागि सचेत रहन भन्दै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दाबढि भेला नहुन अपिल गरेको हो ।

बुधवार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक र जिल्ला बिपद् ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । सरकारी, राजनीतिक, सामाजिक खालका २५ जनाभन्दाबढि भेला हुने कार्यक्रम नगर्न अपिल गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले बताए । २५ जना सहभागी भएर हुने कार्यक्रममा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालन गर्न भनिएको छ ।

बैठकले कोरोनाको खोप लगाउन छुटेकालाई स्थानीयतहले खोजी गर्ने र स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराएर सबैलाई पूर्ण मात्रा खोप सुचिश्चित गर्ने निर्णय गरेको छ । गोरखामा १८ वर्ष माथिका ९७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने ७५ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । १२ देखि १७ वर्षका ८९ प्रतिशत बालवालिकाले पहिलो मात्रा खोप लगाएका छन् ।

Source: Daraundi.com

प्रतिक्रिया

सम्बन्धित खवर