गोरखा । गोरखाको २ भिन्न भिन्न स्थानमा १९ जनामा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा ९ जनामा संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालका अनुसार गोरखा अस्पतालमा २ जना महिला र ११ जना पुरुष तथा आरुघाट गाउँपालिकामा ३–३ जना महिला र पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ९ जनामा संक्रमण देखिएको हो ।

आज संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा २ जना महिला र ७ जना पुरुष र आरुघाट गाउँपालिकामा २ जना पुरुष रहेका छन् ।

बिहीबार संक्रमण देखिएका सहित जिल्लाको ५ स्थानिय तहमा २२ जनामा संक्रमण देखिएको छ । जस अन्तरर्गत गोरखा नगरपालिकामा ११ जना, पालुङटार नगरपालिकामा ६ जना, भीमसेन थापा र सिरानचोक गाउँपालिकामा १–१ जना र आरुघाट गाउँपालिकामा ३ जना रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

News Source: Gorkha Samachar

प्रतिक्रिया

सम्बन्धित खवर