काठमाडौं, सोमबार, ३१ जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २९१८ जनामा को’रोनाभाइरसको सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०४९ र एन्टिजेन विधिबाट ८६९ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।

सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १० हजार ५२१ र एन्टिजेनबाट २१ हजार ३३९ जना पुगेको छ ।

यस्तै, आज थप ५ हजार १४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना सं’क्रमण मुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । निको हुनेको दर ८७.८ प्रतिशत छ ।

आज सं’क्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्या’न गुमाउनको कुल संख्या ८ हजार ४६५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर