बागलुङ, बुधबार, २ असार २०७८। वर्षासँगै आएको प’हिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर वि’स्थापित भएका छन् ।

काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र मुनीबाट प’हिरो गएपछि ती परिवार वि’स्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको हो ।

पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढङ्गामा पहिरोले अ’वरुद्ध गरेको छ । बागलुङ–कुश्मीशेरा सडक, बागलुङ–बरेङ सडक, मध्यपहाडी लोकमार्ग र पालिका मुकामबाट वडाकार्यालय तथा गाउँ वस्ती जोड्ने सबै सडकका ठाउँ ठाउँमा प’हिरो खसेको छ ।

जिरेदीका चित्रबहादुर कार्कीको घरमाथीबाट प’हिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताए । सोही ठाउँकै बलबहादुर जिसी र कृष्ण जिसीलगायतका घर पहिरोको उच्च जोखिममा छन् । सबै परिवारका सदस्यलाई अन्यत्रै सार्न थालिएको छ । वर्षा र पहिरो नरोकिएकाले विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सार्ने लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर