काठमाडौं, १० असार । युवा पर्यटन व्यवसायी तथा समाजसेवी रामप्रसाद बञ्जाराले गृहजिल्ला धादिङमा स्वास्थ्य र राहत सामाग्री वितरण गरेका छन् । खाल्सा एड ईन्टरनेश्नलको सहयोगलाई उनले कन्ट्रिब्युसन फर नेपालको सहकार्यमा वितरण गरेका हुन् ।

उनले हालै कोभिड महामारीलाई नियन्त्रण गर्न मद्दत पुगोस भनेर धादिङको त्रिपुरासुन्दरी वडा नम्बर ४ र सल्यानकोट स्वास्थ्य केन्द्रमा ती सामाग्री प्रदान गरेका हुन् । बञ्जाराले दिएको जानकारीअनुसार खाद्यान्नमा २५२ फुड प्याकेट छन् ।

जसमा १५ केजी चामल, १ लिटर खाने तेल, १ केजी नून, १ केजी प्याच, १ केजी आलु र २ केजी दाल रहेका छन् । त्यस्तै, बञ्जाराले उनीहरुलाई २५० प्याकेट (बक्स मास्क) पनि सहयोग गरेका छन् । स्वास्थ्य सामाग्रीमा भने उनले ५० थान अक्सिमिटर र ५ वटा अक्सिजन कन्सन्ट्रेटर रहेका छन् । बञ्जाराले आगामी दिनमा पनि आफ्नो जिल्लामा यस्ता खाले सहयोग गरिरहने विश्वास दिलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर