हेटौँडा । वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका १० जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई सवारी साधन हस्तान्तरण गरेको छ ।

शुक्रवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले वाग्मती प्रदेश प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामालाई र मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखलाई १२ थान भ्यान र १६ थान मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन्।

वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३७ लाख ३६ हजार रुपैयाँ बराबरको मोटरसाइकल र ३ करोड ५३ लाख २७ हजार ९ सय ८८ रुपैयाँको गाडी गरी कुल ३ करोड ९० लाख ६३ हजार ९ सय ८८ रुपैयाँ बराबरको सवारी साधन खरिद गरी हस्तातरण गरेको हो ।

सवारी साधन हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव मदन भुजेल, वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी मिरा चौधरी, वाग्मती प्रदेशभित्र रहेका विभिन्न जिल्ला तथा प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर