पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारकर्मी रूपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहमा साथ दिन सत्य र न्यायका पक्षधर सबैलाई आह्वान गरेका छन्।
समाजमा सबैभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिका रूपमा उनले जातीय भेदभाव र छुवाछूतविरुद्ध आवाज उठाउने साहस गरेको भन्दै उनलाई न्यायप्रेमी सबैले साथ दिनुपर्ने डा. भट्टराईको भनाइ छ।

‘रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ,’ बुधबार डा. भट्टराईले सामाजिक सञ्जालमा लखेका छन्, ‘तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ।
यसमा कसैले कुनै किन्तुपरन्तु नगरौं!’

यही असार १ गते काठमाडौंको बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनरालाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि बष्हिकार गरेकी थिइन्।

सधैँ ताजा र सत्यतथ्य समाचार मनोरंजनको लागि हाम्रो वेवसाइट www.gorkhapati.com हेर्दै गर्नुहोला । यदि तपाई सँग पनि साहित्य लेखन सम्बन्धि रुचि छ, लेख, गित, गजल, मुक्त्तक, चुट्किला या अन्य हाँस्यब्यंग्य छन वा त्यस विधामा कलम चलाउनु हुन्छ भने, कृपया हामीलाई सिधै(Gorkhapati) फेसबुक पेजको इन्बक्समा म्यासेज गर्नुहोला!

प्रतिक्रिया

सम्बन्धित खवर